Monday, June 30, 2008

प्राविधिक जानकारी

यो वेब साईटको सेवाका बारेमा मद्दत चाहियो?
बीबीसी नेपाली सेवाको वेब साइट पढ्न वा यसमा भएका कार्यक्रमहरु सुन्नका लागी तपाईंलाई सघाउन यो पानामा भएका जानकारीहरु उपयोगी छन्। यदि तपाईंले खोजेको जस्तो उत्तर यहां पाउनु भएन भने कृपया हामीलाई ईमेल गर्नुहोला।
प्राविधिक जानकारी
ब्राउजरबीबीसी नेपाली वेबसाइट इन्टरनेट एक्सप्लोरर(भर्सन 5.5 भन्दा माथिको) र नेटस्केप( भर्सन 4 भन्दा माथि) लाई सुहाउने गरी तयार गरीएको छ। यदि तपाईंको कम्प्युटरमा यी मध्य कुनै एक ब्राउजर छ भने तपाईंले हाम्रो फोन्ट डाउनलोड गरेर यो वेबसाइट पढ्न सक्नुहुन्छ।
अपरेटिंग सिस्टमयदि तपाईंसँग Windows 2000 वा Windows XP छ भने बीबीसी नेपाली सेवाको वेब साइट पढ्न कुनै फोन्ट डाउनलोड गरिरहनु पर्दैन।तपाईंसँग Windows 2000 छ भने आफ्नो कम्प्युटरको Control Panel मा गएर Regional Options मा क्लिक गर्नुस । त्यसपछि खुल्ने बक्सको General ट्याबमा क्लिक गर्नुस्, त्यसपछि Language settings for the system मा गएर त्यसभित्रको Indic विकल्पमा क्लिक गर्नुस्।
यदि तपाईंसँग Windows XP छ भने आफ्नो कम्प्युटरको Control Panel मा गएर Language and Regional Options मा क्लिक गर्नुस्। त्यसपछि खुल्ने बक्समा Languages ट्याबमा क्लिक गर्नुस् रInstall files for complex script and righth to left languages(including Thai) विकल्प रोज्नुस्।
स्क्रीनबीबीसी नेपाली सेवाको वेब पेज 600x480 पिक्सल वा यो भन्दा बढीको स्क्रीन साइजमा सजिलै हेर्न सकिन्छ।
अडियोबीबीसी नेपाली सेवाको वेबसाइटमा भएको अडियो Real Audio 4.0 का निम्ति मिल्ने गरी इन्कोड गरीएको हुन्छ। तर तपाईं Real Player 4.0 बाहेक Windows Media Player मा हाम्रा कार्यक्रमहरु सुन्न सक्नुहुन्छ।Real Player को सामान्य भर्सन डाउनलोड गर्नका लागि यहां क्लिक गर्नुस्।http://www.bbc.co.uk/radio/audiohelp_install.shtml
बीबीसी नेपाली वेबसाइटमा अडियो कसरी सुन्ने?बीबीसी नेपाली वेबसाइटमा बीबीसी नेपाली सेवाको प्रसारण प्रत्यक्ष र आफूले चाहेको बेला (On Demand) सुन्न सकिन्छ। साथै प्रसारण भैसकेका केही चुनिएका कार्यक्रम र अन्तर्वार्ताहरु पनि यो वेब साइटमा उपलब्ध छ। तिनको बारेमा वेब साइटमा स्पष्ट जानकारीहरु छन्। यी अडियोहरु सुन्न तिनमा कर्सर लगेर क्लिक गर्नुस्।
अडियो सुन्न समस्या पर्यो?
"अडियो क्लिप सुन्न सकिएन"पहिले अडियो फाइल पूरा डाउनलोड भयो की भएन बिचार गर्नुस्। तपाईंको प्लेयरले क्लिपको नाम देखाएको छ की छैन? छैन भने उक्त क्लिप पूरा डाउनलोड भएको छैन। फेरि लोड गर्नुस्।
यदि क्लिपको नाउँ पनि देखिन्छ, प्लेयरको टाइमर पनि चलिरहेको छ तर आवाज चाहिं सुनिएन भने आफ्नो स्पीकर वा हेडफोन ठिकसँग जोडिएको छ की छैन जांच्नुहोस्। Volume control पनि जांचि हेर्नुस् कतै त्यो बन्द त छैन?
अझै पनि अडियो सुन्न सकिएन भने कृपया कुन चाहिं क्लिप सुन्न नसकिएको हो उल्लेख गरेर हामीलाई इमेल गर्नुस्। उक्त पेजको URL पनि संलग्न गरेर पठाउनु होला।
"एउटा मात्र क्लिप सुन्न सकिएन"त्यस्तो क्लिप बीबीसी नेपाली सेवाको वेबसाइटको हो की अरु नै कुनै साइटको बिचार गर्नुस्। अडियो फर्म्याट फरक पर्न जांदा पनि त्यो सुन्नमा समस्या हुन्छ।तपाईंले प्रयोग गर्नु भएको प्लेयर Real Player हो की होइन त्यो पनि यकिन गर्नुस्। बीबीसी नेपाली सेवाको वेबसाइटमा भएका अडियो Real Player वा Windows Media Player बाट मात्रै सुन्न सकिन्छ। यी बाहेक अरु प्लेयरमा यो बज्छ नै भन्ने छैन।
"बीबीसी नेपाली सेवाको अडियो डाउनलोड गर्न सकिएन"कपीराइट, प्रतिलिपी अधिकारका विभिन्न शर्त र नियमहरुका कारणा बीबीसी नेपाली सेवाको वेबसाइटमा उपलब्ध अडियो तपाईंले डाउनलोड गरेर सुन्न सक्नुहुन्न। तपाईं त्यसलाई इन्टरनेटमा मात्रै सुन्न सक्नुहुन्छ।
बीबीसीको बारेमा जानकारी चाहियो?
बीबीसी नेपाली सेवायसको लागि दाहिने तफैको सूचीमा रहेको "हाम्रो बारेमा" भन्ने लिंकमा क्लिक गर्नस्।
बीबीसी विश्व सेवाबीबीसी विश्व सेवा के हो? इन्टरनेटमा र रेडियोमा उपलब्ध हाम्रा सेवाहरु लगायत बीबीसी विश्व सेवाका बारेमा थप कुरा जान्न यहाँ क्लिक गर्नुस्।http://www.bbc.co.uk/worldservice/us/index.shtml
बीबीसीसंयुक्त अधिराज्यमा बीबीसीका सेवाहरु रेडियो, टेलिभिजन र वेबसाइटका बारेमा र समग्र बीबीसीकै बारेमा जान्न चाहनु हुन्छ भने कृपया यहाँ क्लिक गर्नुस्।http://www.bbc.co.uk/info/



ताजा समाचार

मधेसी मागलाई सम्बोधन गर्न छलफल जारी
पूर्वी भारतको उडीसामा माओवादी आक्रमण
संविधानसभाको बैठक फेरि अवरुद्ध
प्रधान न्यायाधीशद्वारा स्वतन्त्र न्यायपालिकामा जोड


हाम्रो बारेमा सम्पर्क ठेगाना सहयोग गोप्यता


^^ शुरुमा जानुहोस्


मुख पृष्ठ अन्य आकर्षण मौसम कार्यक्रमहरु साझेदारहरु फ्रिक्वेन्सीहरु


BBC News >> BBC Sport >> BBC Weather >> BBC World Service >> BBC Languages >>

//-1?'https:':'http:';
var _rsRP=escape(document.referrer);
var _rsND=_rsLP+'//secure-uk.imrworldwide.com/';
if (parseInt(navigator.appVersion)>=4)
{
var _rsRD=(new Date()).getTime();
var _rsSE=1;
var _rsSV="";
var _rsSM=0.1;
_rsCL='';
}
else
{
_rsCL='';
}
document.write(_rsCL);
//]]>

No comments: